चोरी गरेको बाइक उद्धार

सिलगढी : एनजेपी थाना पुलिसले पक्रा परेका 3 जना दुष्कृतिसित सोधखोज गरेर चोरी गरेको बाइक उद्धार गरेको छ। स्मरण रहोस्, गत मङ्गलबार एनजेपी थाना पुलिसले सादा पोसाकमा सिपाहीपाडा, खाटाल बस्ती, फुलबारी ट्रक टर्मिनस, हरिपुर, फुलबारी बादलागञ्जमा अभियान चलाएर धेरै मात्रा चोरी गरेको सामग्रीसहित 7 जना दुष्कृतिलाई पक्राउ गरेको थियो। पक्रा परेका 7 जना दुष्कृतिमध्ये नाइके दीपक सेनसित पुलिसले केरकार गरेर एकपछि अर्को गर्दै चोरी गरेको समानहरू उद्धार गरेको बताइएको छ। पुलिसे चोरी गरेको 3 वटा बाइक, 8 वटा टिभी, 4 वटा ल्यापटप, 5 वटा ग्यास सिलेन्डर, 4 वटा पम्प, एउटा क्यामारा लगायत केही मन्दिरबाट चोरी गरेको समानहरू उद्धार गरेको छ।   पक्रा परेका 7 जना दुष्कृतिलाई पुलिसले गत बुधबार अदालतमा पेश गरेका थिए भने तीमध्ये 3 जनालाई जेल हिरासतमा पठाएको थियो। आरोपीहरूसित सोधखोज गरेर पुलिसले हिजो एनजेपीको रेलवे स्टेसनको पार्किङबाट एउटा चोरी गरेको बाइक उद्धार गरेको छ। आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *