चोरी गरेको बाइकसहित दुईजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा प्रधाननगर थाना पुलिसले अभियान चलाएर बाइक चोरीको मामिलामा संलग्न रहेको आरोपमा दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू देवीडाङ्गा इलाका निवासी मुकेश दास र कालु सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 8 फरवरीको दिन देवीडाङ्गा निवासी रियाज नामक एकजना व्यक्तिले प्रधान नगर थानामा बाइक चोरी भएकोबारे अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका प्रधाननगर थाना पुलिसले गत शनिबार अबेर राति देवीडाङ्गा इलाकाबाट चोरी भएको उक्त बाइकसहित मुकेश दास र कालु सरकारलाई पक्राउ गरेको बताइएको छ। अर्कोतिर, यस मामिलामा अन्य व्यक्तिहरू सामेल रहेको आशंकामा छानबीन गरिरहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *