चोरी गरेको बाइक र स्कुटी सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी पुलिसले चोरी गरेको बाइक र स्कुटी सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू रञ्जीत दास र शक्ति दास सामेल छन्। गोप्य सूचनाको आधारमा गत राति पुलिसले सिलगढी संलग्न जाबराभिटामा अभियान चलाएर बाइक चोरी गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी गरेको दुईवटा बाइक र एउटा स्कुटी पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *