चोरी गरेको बाइकसहित दुईजना पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत सोनापिन्डीबाट पुलिसले चोरी गरेको बाइकसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले मोहम्मद शाकिर र मोहम्मद असीरुद्दीन सामेल छन्। प्राप्त जानकारी अनुसार केही दिन अघि सोनापिन्डीबाट एउटा पल्सर बाइक चोरी भएपछि बाइकको मालिकले यसबारे खोरीबारी थानामा एउटा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी गरेको बाइकसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *