चोरी गरेको बाइकहरू सहित 3 जना पक्राउ

खोरीबारी : खोरीबारी थाना पुलिसले चोरीको बाइकसहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा तुआदेश शेख, नुरज आलम र तुलसी राजवंशी सामेल छन्। प्राप्त जानकारी अनुसार खोरीबारी थाना पुलिसले चोरी गरेको बाइकसहित तुआदेश शेखलाई पक्राउ गरेपछि सोधखोज गर्दा घटनामा अन्य व्यक्ति सामेल रहेको थाहा पाए। यसपछि खोरीबारी थाना पुलिसले आज अन्य दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी गरेको 4 वटा बाइक, एउटा मास्टर चाबी र नेपालको नम्बर प्लेट उद्धार गरेको छ। पुलिसले चोरी गरेको सबै बाइकहरू पानीट्याङ्की इलाकाबाट उद्धार गरेको बताइएको छ। खोरीबारी थानामा घटनबारे मामिला दर्ता गरेर अग्रिम कार्वाही गरिरहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *