चोरी गरेको बाइकसहित 4 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले बाइक चोरी गरेको आरोपमा चारजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू हथियाडाङ्गा निवासी क्रमैले बिट्टु देवनाथ (21), सुजन सूत्रधर (21), घुघुमाली निवासी अमर सरकार (32) र कौशिक विश्वास (28) को रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गत 26 दिसम्बरमा दीपङ्कर दे-ले भक्ति नगर थानामा बाइक चोरी भएकोबारे एउटा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति अभियान चलाएर चोरीको बाइक सहित चारजना आरोपीलाई पक्राउ गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *