चोरी गरेको बाइक सहित युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले चोरी गरेको बाइक सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक असीम सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार, गत 10 मईमा सालबारीबाट एउटा बाइक चोरी भएपछि यसबारे थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले बाइक चोर सहरबाट बाहिर गइसकेको थाहा पाए। यसपछि पुलिसले आरोपीलाई पक्रिनको लागि लगातार प्रयास गरिरहेको थियो भने गत राति बाइक चोर समर नगरस्थित आफ्नो घरमा आइपुगेको गोप्य सुइँको पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर आरोपीलाई घरबाट बाइक सहित पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *