चोरी गरेको बाइकसहित युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको बाइक सहित पापु राय नाम गरेको एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार हिजो फुलबारी अन्तर्गत जोरपाखरी मोडबाट एउटा बाइक चोरी भएपछि मोहम्मद जाभेदले यसबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आज बिहान फुलबारी जटियाकाली मोडबाट चोरी गरेको बाइक, एउटा मोबाइल सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *