चोरी गरेको बाइक सिलगढीको शक्तिगढबाट उद्धार

सिलगढी : एनजेपी थाना पुलिसले बाइक चोरीको घटनामा संलग्न रहेको आरोपमा 2 जना युवकलाई पक्राउ गर्नको साथै एउटा चोरी गरेको बाइक पनि उद्धार गरेको छ। यसभन्दा अघि पनि पुलिसले तिनीहरूबाट एउटा चोरी गरेको स्कुटी उद्धार गरेको थियो। पक्रा परेका युवकहरू प्रीतम मण्डल र सुमित ठाकुरको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गत शनिबार राति सिलगढीको तीनबत्ती मोड इलाकामा पुलिसले दुईजना युवकलाई सन्देह जनक रूपमा घुमफिर गरिरहेको देखेपछि तिनीहरूसित केरकार गर्दा पुलिसले तिनीहरूबाट एउटा चोरी गरेको स्कुटी उद्धार गर्नको साथै तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। यसपछि पुलिसले गत आइतबार दुवै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरेपछि आरोपी सुमित ठाकुरलाई पुलिस हिरासतमा लिएर सोधखोज गर्दा केही तथ्य उजागार भएको थियो। यसैको आधारमा पुलिसले अभियान चलाएर सिलगढी 31 नम्बर वार्डको शक्तिगढ इलाकाबाट चोरी गरेको अझै एउटा बाइक उद्धार गर्यो। आरोपी सुमित ठाकुरलाई आज फेरि जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *