चोरी गरेको चियापत्ती सहित एकजना पक्राउ

सिलगढी : फुलबारीस्थित एउटा गोदामबाट चियापत्ती चोरी भएको मामिलामा एनजेपी थाना पुलिसले रिन्टु सरकार उर्फ ​​गोपा नाम गरेको व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार फुलबारीस्थित एउटा गोदामबाट चियापत्ती चोरी भएकोबारे गोदाम मालिकले गत 18 जनवरीमा एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले फुलबारी एक नम्बर अञ्चल इलाकाको माइकल मधुसूदन कोलनीबाट रिन्टु सरकार उर्फ ​​गोपालाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले आरोपीबाट 16 किलो चोरी गरेको चियापत्ती पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदलातमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *