चोरी गरेको केही घण्टाको अवधिमै ट्रक सहित युवक पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले तत्परतामा केही घण्टाको अवधिमै चोरी गरेको ट्रक सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मतिगढा निवासी राजेश सिंह (25)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो मतिगढाको हिमुल इलाका नजिकमा चालकले चाबी लगाएकै अवस्थामा ट्रक रोकेर राखेका थिए। त्यस समय राजेश सिंहले मौकाको फाइदा उठाएर ट्रक लिएर चम्पट कसेको आरोप रहेको छ। यसपछि चालकले घटनाबारे मतिगढा थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले केही घण्टाको अवधिमै शिवमन्दिर इलाकाबाट चोरी गरेको ट्रक सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *