चोरी गरेको मोबाइल सहित 3 जना पक्राउ

सिलगढी : पुलिसले चोरी गरेको मोबाइलसहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा क्रमैले आकाश दास, रोशन पासवान र राजु राय सामेल छन्। प्राप्त जानकारी अनुसार फुलबारी 2 नम्बर अञ्चल अन्तर्गत पर्ने कञ्चनबारीमा एउटा ट्रान्सपोर्टबाट 5 वटा मोबाइल चोरी भएपछि गत 28 फरवरीमा एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 24 घण्टाको अवधिमा चोरी गरेको मोबाइलसहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका 3 जना युवकलाई आज अदालतमा पेश  गरेपछि 3 दिनको पुलिस हिरासतमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *