चोरी गरेको मोबाइलसहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको 16 वटा मोबाइलसहित 2 जना युवकलाई हिजो पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू देवाशीष दास र टोटन मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार केही दिन अघिदेखि न्यु जलपाईगढी स्टेसन संलग्न इलाकामा मोबाइल चोरी भएकोबारे थानामा अभियोग दर्ता गरिएको थियो।


अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गोप्य सूचनाको आधारमा हिजो एनजेपी स्टेसन संलग्न इलाकामा अभियान चलाएर 2 जना युवकलाई पक्राउ गर्यो। यसको साथ पुलिसले युवकहरूबाट चोरी गरेको 16 वटा मोबाइल पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.