चोरी गरेको रुपियाँ, सामग्री सहित युवक पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले चोरी गरेको रुपियाँ, सर-समान सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मयनागढी निवासी भजेन्द्र कोङ्गरको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत 11 दिसम्बरमा राजगञ्ज ब्लकको फाटापुकुरबाट एउटा ट्रकको दुईवटा टायर लगायत रुपियाँ चोरी भएको थियो। यसपछि ट्रक मालिकले घटनाबारे राजगञ्ज थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले कुचबिहार जिल्लाको मेखलीगञ्जबाट भजेन्द्र कोङ्गारलाई पक्राउ गरेको बताइएको छ। यसपछि पुलिसले मयनागढीमा रहेको आरोपीको घरबाट चोरी गरेको समान सहित नगद 4 हजार 500 रुपियाँ उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *