चोरी गरेको सामग्री सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको समान सहित 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू कृष्ण साहनी र विजय साहाको रूपमा चिन्हित गरिएको छ। दुवै एनजेपी र ममतापाडा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत बिहिबार एनजेपी स्टेसन संलग्न एउटा दोकानमा चोरी भएपछि दोकान मालिकले घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेका थिए।


अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको 24 घण्टाको अवधिमै एनजेपीको  नेताजी मोड संलग्न इलाकाबाट दुईजना युवकलाई पक्राउ गरेर सोधखोज गरेपछि एनजेपी इलाकाको एउटा गोदामबाट चोरी गरेको सामग्री उद्धार गरेको बताइएको छ। पक्रा परेका दुईजना युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *