चोरी गरेको सामग्री सहित व्यक्ति पक्राउ

सिलगढी : फुलबारीको एउटा कम्पनीबाट प्लास्टिकको बोरामा राखेको अनाज चोरी गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति आलिया मोहम्मदको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार फुलबारीको एउटा कम्पनीबाट समय-समयमा प्लास्टिकको बोरामा राखेको अनाज चोरी भइरहेकोले गर्दा घटनाबारे थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेको एनजेपी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै आरोपीको घरबाट चोरी गरेको 21 बोरा अनाज उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, गत 25 मईमा उक्त कम्पनीबाट 60 बोरा अनाज चोरी भएको थियो। घटनापछि कम्पनीका अधिकारीले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *