चोरी गरेको समान किनेको आरोपमा दोकाने सहित 3 जना पक्राउ

सिलगढी : पुलिसले चोरी गरेको समान किनेको आरोपमा एकजना दोकानेसहित तीनजना चोरलाई पक्राउ गरेको छ। सिलगढी मेट्रोपलिटन पुलिसको भक्ति नगर थाना अन्तर्गत सेभोक रोड इलाकाको नाम चलेको सपिङ मलको दोस्रो तल्लामा रहेको एउटा दोकानको काम चलिरहेकोले त्यहाँको सबै समानहरू एउटा ठाउँमा राखेको थियो। उक्त दोकानमा काम गर्न आउने तीनजना प्लम्बरले केही बन्डल इलेक्ट्रिसिटी वायरिङको तार चोरी गरेर घोघोमाली इलाकामा रहेको एउटा दोकानमा बेचेका थिए। सिलगढी मेट्रोपलिटन पुलिसको भक्ति नगर थाना पुलिसले यसबारे थाहा पाएपछि उक्त दोकानमा अभियान चलाएर दोकाने रतन कुमार शाह (39) लगायत आशित राय, सुजीत राय र दीपङ्कर रायलाई पक्राउ गरेको बताइएको छ। भक्ति नगर थाना पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी आशित राय र सुजीत राय दुवै दाजु-भाइ हुन्। पक्रा परेका आरोपीहरूलाई आज अदालतमा पेश गर्नको साथै पुलिसले चोरी गरेको सबै समानहरू उद्धार गरेको छ। पुलिस घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *