चोरी गरेको समानसहित 3 जना युवक पक्राउ

सिलगढी सिलगढी मेट्रोपोलिटनको प्रधाननगर थाना पुलिसले चोरीको मामिलामा 3 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा क्रमैले खोखन महतोछोटु पासवान र मनोज मान्की मुण्डा उर्फ् लाल सामेल छन्। पुलिसले आरोपीहरूबाट एउटा स्कुटी लगायत चोरी गरेको सर-समानहरू उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 27 जनवरीमा सिलगढीको 46 नम्बर वार्डको उत्पल नगरको 2 नम्बर गल्ली निवासी अमरेश प्रसादको घरबाट एउटा स्कुटी, एउटा बाइक, सुनको गर-गहना, टिभी, ल्यापटप लगायत अन्य सर-समानहरू चोरी भएको थियो। घटनाबारे अमरेशले प्रधाननगर थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको केवल 48 घण्टाको अवधिमै 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमध्ये खोखन महतो  मुख्य आरोपी रहेको पुलिस सूत्रले जनाएको छ। ती 3 जना आरोपीलाई हाल पुलिस रिमान्डमा राख्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *