चोरी गरेको समान सहित 2 जना पक्राउ

सिलगढी:  प्रधान नगर थाना पुलिसले चोरीको मामिलामा दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा  बबी रावत (22) र एमडी करीम (27) सामेल छन्। तीमध्ये बबी राजेन्द्र नगरको कुल्लीपाड़ा र एमडी करीम सालबाड़ी इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार  गत 2 मार्चमा प्रधान नगर थाना अन्तर्गत पर्ने एसएनटी बस स्ट्यान्डस्थित एउटा दोकानमा चोरी भएपछि यसबारे थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति गोप्य सूचनाको आधारमा अभियान चलाएर दुईजना युवकलाई पक्राउ गर्नको साथै चोरी गरेको सामग्री पनि उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *