चोरी गरेको समानसहित युवक पक्राउ 

सिलगढी : सिलगढी थाना पुलिसले चोरीको मामिलामा एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मतिगढा थाना संलग्न इलाका निवासी रवि गुप्ताको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 20 मईमा सिलगढी थाना अन्तर्गत रेल गेटस्थित एउटा लुगाको दोकानमा चोरी भएपछि घटनाबारे थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा सिलगढी थाना पुलिसले जाँच शुरू गरेपछि गोप्य सूचनाको आधारमा गत राति रवि गुप्तालाई पक्राउ गरेको बताइएको छ। पुलिसले चोरी गरेको सामग्रीहरू पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.