चोरी गरेको स्कुटी सहित दुईजना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले स्कुटी चोरी गरेको मामिलामा दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू प्रधान नगर थाना अन्तर्गत पर्ने गुरूङ बस्ती इलाका निवासी मुकेश विश्वकर्मा र दीपक तामाङ सामेल छन्। प्राप्त जानकारी अनुसार गत चार दिनअघि मतिगढा थाना अन्तर्गत तुम्बाजोत इलाकाबाट एउटा स्कुटी चोरी भएपछि यसबारे थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति चोरी गरेको स्कुटीसहित मुकेश विश्वकर्मा र दीपक तामाङलाई विश्वास कोलनीबाट पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीहरू उक्त स्कुटी बेच्नको लागि विश्वास कोलनी पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *