चोरी गरेको स्कुटीसहित युवक पक्राउ

सिलगढी : चोरी गरेको स्कुटीसहित एकजना युवकलाई सिलगढी थाना पुलिसले पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक अशोक कुमार सिकदारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार न्यु जलपाईगढी थाना अन्तर्गत पर्ने अम्बिकानगर इलाकाबाट एउटा स्कुटी चोरी भएपछि यसबारे गत 20 फरवरीको दिन सिलगढी थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले अभियान चलाएर चोरी गरेको स्कुटीसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *