चोरी गरेको स्कुटी सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको स्कुटी सहित 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकहरू मनमोतो विश्वास र सूर्य सिंहको रूपमा चिन्हित गरिएको छ भने तिनीहरू आमबारी र बारीभाषा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 10 मार्चमा एनजेपी थाना अन्तर्गत बसुन्धरा आवासबाट एउटा स्कुटी चोरी भएको थियो। स्कुटी मालिकले घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको 24 घण्टाको अवधिमै नौकाघाट इलाकाबाट स्कुटी सहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरूविरुद्ध विभिन्न थानामा धेरैवटा मामिला दर्ता रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *