चोरी गरेको सुनको गर-गहना किनेको आरोपमा किशनगञ्जबाट सुनारे पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले ठगेको तथा चोरी गरेको सुनको गर-गहना किनेको आरोपमा एकजना व्यक्तिलाई किशनगञ्जबाट पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति अजीत शिवजी जतपथको रूपमा चिन्हित गरिएको छ। तिनी मूल रूपले महाराष्ट्र निवासी हुन् भने हाल कामको सिलसिलामा किशनगञ्जमा बस्दै आइरहेका छन्। किशनगञ्जमा तिनको सुनको दोकान रहेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 14 दिसम्बरमा प्रधान नगर थाना अन्तर्गत सालबारी इलाकाको एउटी महिलाको सुनको गर-गहना सफाई गरिदिने बहनामा आँखा छलेर सुन ठगेको थियो। घटनापछि उक्त महिलाले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत 18 दिसम्बरको दिन गुड्डु मण्डल नाम गरेको एकजना ठगलाई बिहारको कटिहारबाट पक्राउ गरेको थियो। यसपछि पुलिसले उक्त व्यक्तिलाई सिलगढी अदालतमा पेश गरेर 7 दिनको पुलिस हिरासतमा लिएर सोधखोज गरेपछि ठगेको सुन किन्ने अजीत शिवजी जतपथको नाम अघि आयो। प्रधान नगर थाना पुलिसले यसको कार्वाही गर्दै ठगेर चोरी गरेको सुनको गर-गहना किन्ने व्यक्तिलाई किशनगञ्जबाट पक्राउ गरेर सिलगढी ल्याएपछि आज सिलगढी अदालतमा पेश गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *