चोरी गरेको वाहनसहित दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको चार चक्के वाहन सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मणिपुर निवासी एलएम सिंह र टीडी सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति फुलबारी क्यानाल रोडमा एनजेपी पुलिसले गश्ती लगाइरहेको समय UP 70 FJ 7961 नम्बर भएको एउटा चार चक्के वाहन देखेपछि रोकेर सोधखोज गर्दा वाहनमा सवार दुईजना व्यक्तिले सटीक कागजपत्र देखाउन नसकेपछि पुलिसलाई तिनीहरूमाथि सन्देह लाग्यो।


यसपछि पुलिसले तिनीहरूसित सोधखोज गर्दा उक्त वाहन उत्तरप्रदेशबाट चोरेर मणिपुरमा चोरी गर्ने उद्देश्य लिएर लगिरहेको थाहा पाए। पक्रा परेका दुवै व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *