चोरी गरेर लगिरहेको लाखौँ रुपियाँको काठ उद्धार

अलिपुरद्वार : दलगाउँ रेञ्जका वनकर्मीहरूले लाखौँ रुपियाँको अवैध काठ उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा गत राति वन विभागको दुई टोलीले अभियान चलाएर फालाकाटा ब्लकको काजली हल्ट इलाकामा काठ बोकेको एउटा वाहनलाई खेद्दै जाँदा केही टाढा पुगेपछि उक्त काठ बोकेको वाहनअघि वन विभागले आफ्नो वाहन रोक्दा कुदिरहेको वाहनबाट चालकले सुइँकुच्चा ठोकेको बताइएको छ। यसपछि उक्त कुदिरहेको वाहनले वन विभागको वाहनलाई धक्का दिँदा वाहनलाई सामान्य क्षति भएको छ। वाहनबाट 60 सीएफटी टीकको काठ उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको वन विभाग सूत्रमार्फत् थाहा लागेको छ। घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *