चोरी गरिएको मोबाइलसहित एकजना पक्राउ

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले ग्राहक बनेर चोरी गरेको तीनवटा मोबाइलसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक बेरूबाड़ीको अमरखाना निवासी शम्भु रायको रूपमा चिन्हित भएको छ। केही दिन अघिदेखि शम्भु रायले सिलगढी र जलपाईगढी सहरमा चोरी गरेको मोबाइल कम्ती मूल्यमा किनेर बिक्री गर्ने गरेको आरोप रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *