चोरी गरिएको सामाग्रीसहित एकजना पक्राउ

सिलगढी : प्रधाननगर थाना पुलिसले चोरी गरेको सामग्रीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार धेरै दिन अघिदेखि देवीडाङ्गा इलाकामा चोरीको घटना घट्दै आइरहेको साथै यसबारे प्रधाननगर थानामा बारम्बार अभियोग दर्ता गरेको बताइएको छ। गोप्य सूचनाको आधारमा प्रधाननगर थाना पुलिसले सोमबार एकाबिहानै देवीडाङ्गा इलाकामा अभियान चलाएर मुकेश शाह नामक एकजना युवकलाई पक्राउ गरेको छ। पुलिसले युवकबाट चोरी गरिएको फेन, कम्बललगायत विभिन्न सामग्रीहरू उद्धार गरेको छ। पक्रा परेका युवकलाई भोलि मंगलबार अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर चोरीको घटनामा अन्य व्यक्ति संलग्न रहेको आशंकामा तिनीसँग सोधखोज गर्ने पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *