चोरी गरिएको टोटोसहित युवक पक्राउ

सिलगढी : प्रधाननगर थाना पुलिसले टोटो चोरी गरेको आरोपमा मोहम्मदधानिश नामक एकजना युवकलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पुलिसले आरोपी युवकबाट एउटा टोटो पनि उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गत 27 जनवरीको दिन पानीट्याङ्की आउट पोस्टमा एउटा टोटो चोरी भएकोबारे अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा पुलिसले अभियान चलाएर बुधबार अबेर राति प्रधाननगर इलाकाबाट मोहम्मदधानिशलाई पक्राउ गरेपछि पानीट्याङ्की आउटपोस्ट पुलिसलाई सुम्पिदिएको बताइएको छ। पुलिसले आरोपीसँग केरकार गरेपछि चोरी गरेको टोटो पनि उद्धार गरेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *