चोरी गर्न गएका चोर पक्रा परेपछि जेल नभएर जान पर्यो अस्पताल

सिलगढी : सिलगढीमा चोरी गर्न गएका एकजना चोर पक्रा परेपछि जेल नभएर सोझै अस्पतालमा जान पर्यो। घटनाक्रम अनुसार गत राति सालबारीस्थित एकजना रिटायर्ड पुलिस अधिकारीको घरमा एकजना चोर चोरी गर्न गएका थिए। उक्त घरका मालिकनी निकिता राईले बताएअनुसार गत राति तिनको घरमा भाडामा बस्ने एकजनाको घरमा चोर पसेको थाहा पाएपछि घरका मानिसहरूले चिच्याउँदा उक्त चोर भागेर घरको थर्ड फ्लोरमा गए। यसपछि चोरलाई पक्रिनको लागि सबैजना थर्ड फ्लोरमा पुग्दा उक्त चोरले पक्रा पर्ने डरले झ्यालबाट सोझै हाम फाल्दा तिनी गम्भीर घाइते भएका छन्। घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त चोरलाई पक्राउ गरेर थानाको बद्ली सोझै उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि हाल चिकित्साधीन अवस्थामा रहेको बताइएको छ। पुलिसले दिएको जानकारी अनुसार पक्रा पर्ने चोर दार्जिलिङको बदामताम निवासी 39 वर्षीय सचिन राईको रूपमा चिन्हित गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *