चोरी गर्न गएका युवक शिवमन्दिरबाट पक्राउ

सिलगढी : एउटा होटलमा चोरी गर्न गएका युवक पक्रा परेको छ। प्राप्त जानकारीअनुसार सिलगढी संलग्न शिवमन्दिर इलाकास्थित एउटा होटलमा चोरी गरिरहेको समय उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। यसपछि होटल कर्तृपक्षले घटनाबारे पुलिसलाई खबर दिएपछि मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई पक्राउ गरेर थानामा लगे। विशेष गरेर मतिगढा क्षेत्र अनि बाघडुग्रा इलाकामा भएको कतिपय चोरीको घटनामा संलग्न रहेको उक्त युवकविरुद्ध अभियोग दर्ता गरिएकोले गर्दा धेरै दिनदेखि पुलिसले तिनको खोजी गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *