चोरी गर्ने गुटको भण्डाफोर, पाँचजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थाना पुलिसले चोरी गर्ने गुटको रहस्योत्घाटन गरेको छ। पुलिसले चोरी गर्ने गुटका तीनजना सदस्य क्रमैले सुमन सरकार, बिट्टु पाल र गुड्डु साहालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूसित सोधखोज गरेर पुलिसले चोरी गरेको समान किनेको आरोपमा अब्दुल हामिद र सुबीर चाकीलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत 24 अक्टोबरमा भक्तिनगर थाना अन्तर्गत शास्त्री नगर इलाकाको एउटा घरमा चोरी भएपछि घर मालिकले यसबारे थानामा लिखित अभियोग दर्ता गरेका थिए।


अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सबैभन्दा पहिला सुमन सरकार नाम गरेको व्यक्तिलाई पक्राउ गरेर सोधखोज गरेर बिट्टु पाल र गुड्डु साहालाई पक्राउ गरेको बताइएको छ। भक्तिनगर थाना पुलिसले पक्रा परेका तीनैजना व्यक्तिलाई अदालत पेश गरेपछि पुलिस रिमान्डमा लिएर सोधखोज गरेर गत राति चोरीको सामान किन्ने अन्य दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले तिनीहरूबाट लाखौँ रुपियाँको चोरी गरेको समान पनि उद्धार गरेको छ। आज पाँचजना आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *