चोरीको आरोपमा 4 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना पुलिसले चोरीको आरोपमा 4 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा रोशन बर्मन राय कोलनी निवासी, समीर लोहार बानरहाट निवासी, पृथ्वी सोनार भवसिन्धु कोलनी र छोटन राय लोअर भानुनगर निवासी सामेल छन्। स्मरण रहोस्, गत 7 अक्टोबर भक्तिनगर थाना अन्तर्गत एउटा टाइल्सको दोकानबाट 9 वटा चाँदीको सिक्का र नगद रुपियाँ चोरी भएको थियो। घटनाबारे थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले हिजो भक्तिनगर थाना क्षेत्रबाट 4 जना बदमासलाई पक्राउ गर्नको साथै चोरी गरिएको समान पनि उद्धार गरेको बताइएको छ। पक्रा परेका 4 जनालाई आज अदालतमा पेश गरेपछि अदालतले 5 दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *