चोरीको घटनामा दुईजना नाबालक युवक पक्राउ

नक्सलबारी: पानीट्याङकी थाना पुलिसले घरबाट चोरी गरेको आरोपमा जलपाईगढ़ीका दुईजना नाबालक युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पानीट्याङ्की नजिक दूध मोड़ इलाकामा उदय विश्वास नाम गरेका एकजना व्यक्तिको घरमा भाड़ामा बस्ने दुईजना नाबालक युवकले गत 2 फरवरीको दिन घरमा कोही नभएको समय फाइदा उठाएर चोरी गरेको थियो। गत 6 फरवरीको दिन घर मालिकले पानीट्याङ्की पुलिस थानामा यसबारे लिखित अभियोग दर्ता गरेका थिए। चोरीको घटनापछि तिनीहरू दुवैजना निखोज थिए। पुलिसले घटनाको छानबीन गर्दै आज बिहानै दुवैजना आरोपी नाबालकलाई रथखोला इलाकाबाट पक्राउ गरेको छ। चोरी भएको केही समानहरू पनि पुलिसले तिनीहरूबाट उद्धार गरेको छ। आज दुवै नाबालक युवकलाई दार्जिलिङ जूविनाइल कोर्टमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको छानबिन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *