चोरीको मामिलामा दुईजना पक्राउ

सिलगढी: गत एक महिना अघि फूलबारी उच्च माध्यमिक विद्यालयबाट क्ही पंखा चोरी भएको घटना प्रकाशमा आएको थियो भने सूर्यसेन कलोनीको एउटा मन्दिरबाट पूजा सामग्रीहरू पनि चोरी भएको थियो। यसपछि उक्त घटनालाई लिएर अभियोग दर्ता गरेपछि जाँचमा जुटेको एनजेपी पुलिसले स्कूल र मन्दिरबाट चोरी भएको सामानहरू सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा आकाश हिला र विजय राय सामेल छन्। पुलिस सूत्र अनुसर आरोपी धेरै दिन अघिदेखि असामाजिक गतिविधि कार्यमा संलग्न थिए।  पुलिसले अभियान चलाएर चोरी भएका सामानहरू सहित दुई जनालाई पक्राउ गरेको छ। आज आरोपीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *