चोरीको वाहनसँगै असमका गुल्लू सान पक्राउ

सिलगढी: चोरीको वाहनसँगै असम निवासी गुल्लू सानलाई सिलगढीबाट पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गुल्लू सानले राजस्थानबाट एउटा वाहन चोरी गरेर सिलगढी ल्याइपुऱ्याएका थिए। यसपछि तिनी उक्त वाहनलाई नागाल्यान्डको डिमापुर पुऱ्याउने फिराकमा थिए तर यसभन्दा अगावै गोप्य सूचनाको आधारमा एनजेपी पुलिसले एनजेपीको नेताजी मोडमा अभियान चलाएर चोरी गरेको वाहनसितै तिनलाई पक्राउ गऱ्यो। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको बताएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *