छोरीसित यौन उत्पीड़न गर्ने बाबुलाई कठोर सजाय दिनु पर्ने माग

सिलगढ़ी: आफ्नै छोरीसित यौन उत्पीड़न गरेको आरोपमा पितालाई कठोर भन्दा कठोर सजाय दिनु पर्ने माग गर्दै अखिल भारतीय जनवादी महिला समितिले माग गरेको छ। स्मरण रहोस, सिलगढ़ीको 36 नम्बर वार्डका निरञ्जन नगर इलाका निवासी दीपङ्कर दासले धेरै समयदेखि आफ्नै विवाहित छोरीसित जबर्जस्ती यौन उत्पीडन गर्दै आइरहेका थिए। यसबारेमा पितालाई छोडेर गएका आफ्नो आमालाई पीडित छोरीले जानकारी गराएपछि तिनले पुलिस थानामा गरिएको अभियोगको आधारमा दीपङ्कर दासलाई पक्राउ गरेको थियो। यसपछि मंगलवार राति हैदरपाड़ा घोगोमाली अञ्चलको अखिल भारतीय जनवादी महिला समितिका सदस्यहरूले आरोपीलाई कठोर सजाय दिनु पर्ने माग गर्दै विरोध प्रदर्शनी गरे। यसको साथै समितिको पक्षबाट आशीघर पुलिस थानामा एउटा ज्ञापन पनि सुम्पिएको छ। यस अवधि महिला समितिका अध्यक्ष सविता साहा, सचिव प्रतिमा पाल, डीवाईएफआई-का सचिव दीपङ्कर साहा प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *