चोरको आशंकामा स्थानीयले रंगेहात पक्रेर जिम्मा लगाए पुलिसको हातमा

फुलबारी (निसं) : चोरको आशंकामा स्थानीय मानिसहरूले गत राति एकजना व्यक्तिलाई पक्राउ गरेर पुलिसको हातमा जिम्मा लगाए।उक्त घटना फुलबारी 2 नम्बर ग्राम पञ्चायतको गठमाबारी क्षेत्रमा भएको हो। स्थानीय स्रोत अनुसार यस क्षेत्रमा लगातार गाई चोरीको घटना भइरहेका छन् भने यस घटनामा संलग्न रहेका व्याक्तिलाई पक्रन स्थानीय वासिन्दाहरू सतर्क थिए। शनिवार अबेर राति फुलबारीको गठमाबाड़ी गाउँमा दुई जना अज्ञात व्याक्तिलाई घुमफिर गरिरहेको गाउँलेहरूले देखे। यसैबीच, गाउँलेहरूलाई देख्न साथ ती दुवै जनाले भाग्ने प्रयास गरे। तथापि गाउँलेहरूले तिनीहरूलाई खेददै जाँदा एकजनालाई पक्राउ गरे भने अन्य एकजना भाग्न सफल भए। स्थानीय मानिसहरूको भनाई अनुसार तिनीहरू रातको समयमा चोरी गर्ने उद्देश्यले आएका थिए। अर्कोतिर,घटनाको सूचना पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुग्यो अनि चोरको आशंकामा पक्रा परेका व्याक्तिलाई थानामा लिएर गए। एनजेपी थाना पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *