छोटाहट्टा किरातेश्वर महादेव धाममा उधौँली-उभौली पुजा सम्पन्न

रिम्बिक: प्रत्येक वर्ष झैँ यस वर्ष पनि लोधोमा ग्राम-2 अन्तर्गत छोटाहट्टाको किरातेश्वर महादेव धाममा भव्य रूपमा साकेवा पर्व अर्थात् उधौँली-उभौली पुजा सम्पन्न भयो। आजको यस पुजामा विविध मन्त्रोच्चारणसहित होम आदि गरियो। धर्मावलम्बीहरूमा एकता, सद्भावना र प्रेमको विकास भएर जाओस्, गाउँ-घर, समाज सहित विश्वमा सुख, शान्ति र समृद्धिको लागि यो पुजा आयोजना गरिएको आयोजक समितिले बताए।


यस पुजामा वरिपरिका गाउँ लगायत रिम्बिक, सेपी साथै सिक्किमका भक्तजन पनि उपस्थित रहेको आयोजक समितिका सचिव बिरेन्द्र चामलिङले जानकारी दिएका छन्। आजको कार्यक्रममा मन्दिर निर्माणमा सहयोग प्रदान गर्ने पश्चिम सिक्किम तिकपुर निवासी एसबी राई अनि झेपी गुर्दुम निवासी हेमकुमार राईलाई आयोजक समितिले कृतज्ञता पत्र प्रदान गर्नको साथै सम्मान पनि जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *