छोटाहट्टा सालेबुङका 10 परिवार गोजमुमो विनय खेमामा सामेल

रिम्बिक : रिम्बिक-लोधोमा समष्टि अन्तर्गत पर्ने छोटाहट्टा सालेबुङका 10 परिवार गोजमुमो विनय खेमामा सामेल भएका छन्। रिम्बिक लोधोमा समष्टि गोजमुमो पार्टी कार्यालयमा समष्टि सभापति नोर्देन शेर्पा, महासचिव मिलन प्रधान प्रमुख सल्लाहकार निमा शेर्पाको प्रमुख उपस्थितिमा छोटाहट्टा सालेबुङका 10 परिवारले गोजमुमो विनय खेमालाई समर्थन जनाएको छ। सुमन सुब्बा, अभिषेक राई, बिरेन राई अनि प्रेम कुमार राईको अगुवाईमा आएका 10 परिवारले नयाँ सोच अनि नयाँ विचारलाई समर्थन जनाउँदै समष्टि सभापति शेर्पाको हातबाट दलीय झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *