छोटा पूबोङ चिया बगानमा हाम्रो पार्टीको श्रमिक संगठनको शाखा गठन

दार्जिलिङ (निसं): सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत छोटा पूबोङ चिया बगानमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा विनय राईको अध्यक्षतामा सम्पन्न भयो। स्थानीय मानिसहरूको उपस्थितिमा आयोजित सभामा चिया श्रमिकहरूको हक र अधिकारीको निम्ति हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गर्ने निर्णय लिएपछि छोटा पुबोङ चिया बगानमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको शाखा गठन गरियो। उक्त कमिटीमा अध्यक्ष सन बहादुर राई, उपाध्यक्ष हेमन्त राई, सचिव गौतम राई, सहसचिव अरूण राई, कोषाध्यक्ष धीरेन राई र दिनेश राईलाई चयन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *