छोटा पुबोङमा गृहपालित जनावरहरूलाई लगाइयो खोप

दार्जिलिङ: घरमा पालेको जनावरलाई विभिन्न प्रकारको रोगबाट बचाउने उद्देश्य लिएर प्राणी सम्पदा विभाग जोरबङलो सुकेपोखरी खण्डको आयोजनामा स्थानीय छोटा पुबोङमा रोग प्रतिरोधक खोप लगाइयो। छोटा पुबोङ छेत्री गाउँको चालीस परिवारले घरमा पालेका लगभग 250 बाख्रा, 70 वटा गाई-गोरू लगायत कुकुरहरूलाई रोग प्रतिरोधक खोप लगाइयो भने रहल अन्य जनावरहरूलाई चाडै खोप लगाइने बताइएको छ। उक्त कार्यको लागि गाउलेहरूले विभागप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *