छोटाटिङलिङ कालापानी बन्ने भयले त्रासित गाउँलेहरू

मिरिक: मिरिक महकुमाको छोटाटिङलिङ क्षेत्र अब कालापानी बन्ने लगभग निश्चित देखिएको छ। बर्खाको शुरूमैं लगातार परेको पानीले गर्दा छोटाटिङलिङको सम्बन्ध अन्य स्थानहरूसँग बिच्छिन्न बन्न थालेको छ। लगातार परिरहेको मुसलधारे पानीको कारण छोटाटिङलिङलाई खोप्रेल हुँदै नक्सलबारी, सिलगढी लगायत अन्य स्थानसँग जोडने मूल बाटो नै भत्किएर यातायात अवरूद्ध बनेको छ। यो बाटो पीएमजीएसवाई योजना मार्फत निर्माणधीन छ। अर्कोतिर छोटाटिङलिङ नोलडाँडा माझको बाटो पनि जीटीएद्वारा निर्माणधीन अवस्थामा रहे तापनि कोरोनाको कारणले हाल निर्माण कार्य स्थगित भएकोले जीर्ण बनेको छ। बर्खाको शुरूमा नै बाटो भत्केकोले गर्दा गाडी कुदाउनु धेरै असुविधा भएको छ भने मध्य बर्खायामतिर अझ पानी परेर ठुलो क्षति पुग्न सक्ने सबैले आशंका गरेको छ। यस्तो परिस्थितिमा छोटाटिङलिङ कालापानी बन्ने भयले त्रासित छन् गाउँलेहरू। स्थानीयवासीले सम्बन्धित निकायलाई यसको चाँड़ै समाधान गरिदिने आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *