छोटाटिङलिङको अम्बरेश्वर शिवधाममा साउनको अन्तिम सोमबार पुजापाठ

मिरिक :   छोटाटिङलिङको अम्बरेश्वर शिवधाम, शिव मन्दिरमा यस वर्षको साउनको अन्तिम सोमबार आज उद्यापन धार्मिक अनुष्ठान पूजा कार्यक्रमको साथमा सम्पन्न भयो। पुरोहितहरू कृष्ण काफ्ले र भक्तलाल भट्टराईद्वारा पूजा, अर्चना गरिएको यस अनुष्ठानमा गाउँवासीले साउन महिनाभरि निरामिस खाएर व्रत बसेपछि आज साउनको अन्तिम सोमबार पुजापाठ गरे। साउन महिनाभरि भगवान शिवजीको ब्रत बसे आफुले चिताएको फल पाइन्छ भन्ने धार्मिक मान्यता रहेकोले हिन्दू धर्मावलम्बी मानिसहरूले साउन महिनाभरि भगवान शिवजीको आराधना गर्ने गर्छन्। आजको धार्मिक अनुष्ठानको महिमाबारे पुरोहित कृष्ण काफ्लेले भक्तहरूलाई जानकारी गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *