छोटन किस्कूको समर्थनमा बाइक र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कुको समर्थनमा आज बाइक र्‍यालीको आयोजना गरियो। उक्त बाइक र्‍यालीको माध्यमद्वारा खोरीबारी प्रखण्ड अन्तर्गत पर्ने बुढ़ागञ्ज पञ्चायतको विभिन्न इलाकाहरूको परिक्रमा गर्दै चुनाउ प्रचार गरियो। यसको साथै प्रार्थी किस्कूको समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरियो। प्रार्थी किस्कूले तृणमूल कङ्ग्रेसको सरकारले जनहितमा कार्य गरिरहेको अवगत गराउँदै चुनाउ प्रचार अवधि उक्त क्षेत्रका मानिसहरूबाट धेरै समर्थन पाएकोले आउँदो विधानसभा चुनाउमा विपुल मतले विजय हासिल गर्ने दावी गरे। यस अवसरमा प्रार्थी छोटन किस्कू लगायत तृणमूल युवा प्रखण्ड अध्यक्ष किशोरी मोहन सिंह, माइनोरिटी अध्यक्ष नसीम खान, अञ्चल अध्यक्ष प्रदीप मिश्रा एवम् पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *