क्रिसमस र नयाँ वर्ष अगावै पर्यटकहरूको घुइँचो दार्जिलिङमा

सिलगढी: वर्ष 2020 समाप्त हुन अब मात्र केही दिन बाँकी छ। यसैले नयाँ वर्षलाई स्वागत जनाउन सबैजना हाल आतुर देखिन्छ। नयाँ वर्षको आगमनलाई लिएर पहाड़देखि लिएर तराई, समतल तथा सिलगढी शहरलाई पूर्ण रूपले रंगी-विरंगी बत्तीहरू, क्रिसमस ट्री आदिले सजाइएको छ। तथापि, कोरोनाको प्रभाव अझसम्म पनि जारी रहेको छ। कोरोनाको महामारीले गर्दा धेरै समयदेखि नै लकडाउन तथा कतिपय कठोर नियमहरूको कारणले मानिसहरू वाध्य भएर आ-आफ्नो घरमैं बन्द अवस्थामा रहनु परेको थियो। यसैले अब पुन: नर्मल लाइफमा फर्की आउनको लागि क्रिसमस अनि नयाँ वर्षभन्दा अगावै पहाड़ र डुवर्स क्षेत्रमा घुम्न आउने मानिसहरूको भीड देखिएको छ। यसको साथै टुर अपरेटरदेखि लिएर होटल व्यवसायी, वाहन चालकहरू प्रत्येक वर्ष नै यस समयको पर्खाइमा रहेका हुन्छन्। यद्धपि, कोरोनाले दशैं पछि पनि सबैजनाको चिन्ता बढाएको थियो तर हाल जुन प्रकारले पहाड घुम्न आउनेहरूको घुइँचो देखिँदैछ त्यसलाई हेर्दा पर्यटन उद्योग फेरि पनि पहिला झै फस्टाएर आइरहेको प्रतित हुँदछ। पर्यटकहरू क्रिसमस भन्दा अगावै दार्जिलिङ, सिक्किम साथै डुवर्सको विभिन्न पर्यटन स्थलमा गइरहेका छन्। जानकारी अनुसार, दार्जिलिङको अधिकजसो होटल तथा होम स्टेहरू पर्यटकहरूले भरिएको छ। पहाड़को प्राकृतिक मनोरम दृश्य, सुन्दरता, हरियाली, हिमाल हेर्न तथा यसको आनन्द उठाउनको लागि कलकाता सहित अन्य राज्यहरूका पर्यटक सिलगढी हुँदै दार्जिलिङ पहाड़ प्रस्थान गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *