चुनाउ आचार संहिता लागू भएकोले लुकसान ग्रामीण अस्पतालको उद्घाटन कार्यक्रम अन्तिम क्षणमा रद्द

नगरकटा: उत्तर बङ्गालको केही जिल्लामा उपचुनाउ हुने भएकोले हाल आचार संहिता लागू भएकोले लुकसान ग्रामीण अस्पतालको पूर्व निर्धारित उद्घाटन कार्यक्रम रद्द गरिएको छ। प्राप्त जानकारी अनुसार मुख्यमन्त्री ममता ब्यानर्जीको हाल उत्तर बङ्गाल भ्रमण अवधिमा नै आज सिलगढीबाट उक्त ग्रामीण अस्पतालको भर्चुअल उद्घाटन गरिने कार्यक्रम रहेको थियो तर अन्तिम क्षणमा सो कार्यक्रम रद्द गरिएको बताइएको छ। उद्घाटन कार्यक्रमको लागि सबै स्वास्थ्य अधिकारीहरू आज अस्पताल परिसरमा पुगेका थिए तर अन्तिम क्षणमा उद्घाटन कार्यक्रम रद्द भएपछि स्थानीय मानिसहरूमा निराशा देखा परेको छ। स्मरण रहोस, लुकसान ग्राम पञ्चायत क्षेत्र हो भने यहाँ ग्रामीण अस्पताल भए तापनि बिमारीहरू राख्नको लागि अस्पतालमा बेडको व्यवस्था थिएन।


 

यसैले गर्दा स्थानीय मानिसहरूले धेरै दिन अघिदेखि अस्पतालमा बेडको व्यवस्था गरिनु पर्ने माग गर्दै आइरहेका थिए। स्थानीय मानिसहरूको मागलाई ध्यानमा राखेर नै प्रशासनको तर्फबाट 10 वटा बेड भएको श्याम अस्पताल निर्माण गरिदिएको छ। उक्त अस्पतालको निर्माण कार्य धेरै अघि नै समाप्त भइसकेको छ। अर्कोतिर, स्वास्थ्य विभाग सूत्रले दिएको जानकारी अनुसार नगरकटा ब्लकमा धुमपाड़ा र लुकसान गरेर दुईवटा ग्रामीण स्वास्थ्य केन्द्र छ।  लुकसान स्वास्थ्य केन्द्र बनिएपछि लुकसान ग्राम पञ्चायत अन्तर्गत 6 वटा चिया कमान, दुईवटा ग्रामीण अञ्चल सहित बानरहाट ब्लकको रेड ब्याङ्क, डायना, देवपाड़ा आदि चिया बगानका मानिसहरू उपचार गर्न यहाँ आउने गर्दछन्। ब्लक प्रशासन सूत्र अनुसार अस्पतालको उद्घाटन उत्तर बङ्गालको विभिन्न जिल्लामा हुनेवाला उप चुनाउको कारण कोड अफ् कन्डक्ट लागू भएकोले अस्पतालको उद्घाटन कार्यक्रम रद्द गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *