चुनाउ अवधि खरसाङ खण्डको विभिन्न क्षेत्रहरूको बुथमा भोगोप्रमो टोलीले निरीक्षण गऱ्यौ: सुवास प्रधान

खरसाङ ( निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको टोलीले आज पञ्चायत चुनाउको दिन खरसाङ खण्डको विभिन्न क्षेत्रहरूमा निरीक्षण गरेको जानकारी प्राप्त भएको छ। भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा रहेको टोलीले खरसाङ खण्ड अन्तर्गत विभिन्न ग्राम पञ्चायतहरूमा रहेको बुथहरूका निरीक्षण गरेर पार्टीको स्थिति विषयमा जानकारी लिएको बताइएको छ। उक्त निरीक्षण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले आज पहाड़मा 23 वर्षपछि पञ्चायत चुनाव भईरहेको र यो चुनाव सफल बनेको साथै यसको सम्पूर्ण श्रेय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई जान्छ भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *