चुनावी घोषणा पत्रको विमोचन

मङ्पू: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लाब्दा-मङपु समष्टिद्वारा चुनावी घोषणा पत्रको आज एउटा कार्यक्रमबीच विमोचन गरियो। लाब्दा-मङपु समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार रतन थापाको उपस्थितिमा तिनको पक्षमा पार्टी कार्यालयमा सभापति गगन राईले समष्टिको निम्ति चुनावी घोषणा पत्रको प्रतिवेदन पढेर सुनाए। तिनले 23 बुँदे उक्त चुनावी घोषणा पत्रमा मङ्पुको विविध विकास कार्यहरूबारे उल्लेख गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *