चुनाउको समाचार संकलन अवधि पत्रकारहरूमाथि हमला गरेको घटनाको प्रतिवादमा सिलगढी जर्नलिस्ट क्लबद्वारा विरोध प्रदर्शन

सिलगढी : जलपाईगढी जिल्लाको बानरहाट ब्लक अन्तर्गत नथुआहाटमा पञ्चायत चुनाउको समाचार संकलन गर्ने क्रममा केही पत्रकारहरूमाथि हमला गरेको घटनाको विरोधमा आज सिलगढी जर्नलिस्ट क्लबका पत्रकारहरूले सिलगढीमा एउटा विरोध रैली निकाले। यसपछि पत्रकारहरूले हातमा प्ला कार्ड बोकेर घटनाको विरोध जनाउँदै कोर्टमोडस्थित गाँधीजीको सालिग अघि धरना प्रदर्शन गरे। घटनाक्रमअनुसार हिजो पञ्चायत चुनाउ अवधि जलपाईगढी जिल्लाको बानरहाट ब्लक अन्तर्गत नाथुआहाटमा छप्पा भोट चलिरहेको समय फोटो खिँच्ने क्रममा तिनीहरूमाथि हमला गर्दा केही पत्रकारहरू घाइते भएका छन्, जसमा महिला पत्रकार पनि सामेल छन्। उक्त घटनाको विरोधमा आज दिउँसो सिलगढी जर्नलिस्ट क्लबका पत्रकारहरूले सिलगढी जर्नलिस्ट क्लब अघिबाट विरोध रैली निकालेर कोर्टमोड नजिक गाँधीजीको सालिग अघि पुगेपछि समापन गरियो। यसपछि पत्रकारहरूले गाँधीजीको सालिग अघि बसेर घटनाको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *